आईत-शुक्र: ९:३० - १७:३०

शनिबार बन्द

+९७७ ६१ ५७४८५८

info@unnati.org.np

परिचय

बिश्वकै सुन्दर नगरी पोखरालाई कर्मथलो बनाई बिभिन्न पेशा ब्यबसायमा आबद्ध युवाहरु मिली मिति २०६५ साल चैत्र ३१ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, कास्कीमा बिधिबत दर्ता भई मिति २०६६ जेठ १७ गते देखि यस संस्थाको पोखरा ९, नयाँबजार स्थित कार्यालयबाट बचत तथा ऋृणको कारोबार शुरु गरिएको र मासिक रु. ५००।०० बचत गरी उक्त बचतलाई परिचालन गरी समृद्धी बचत कोष स्थापना गरिएको इतिहास स्मरण गर्दै उक्त सानो अभियानबाट आज समृद्ध, सबल र सक्षम सहकारीको रुपमा हाम्रो कार्यक्षेत्रमा परिचित हुन पाउँदा अतिनै सुखद अनुभूति भएको छ । अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई अनुसरण गर्दै, नेपालमा भएका सहकारीका सबै मञ्चहरुमा संस्थाको आबद्धता र सक्रिय सहभागिता कायम राख्दै हामी सदस्यहरुको बलमा बिस्तारित भईरहेका छौं । संस्थाको स्थापना देखि हाल सम्मको अबधिमा सदस्यहरुको आबश्यकता, अन्तर्निभरता र पारस्परिक सहयोगले संस्था यहाँसम्म आईपुग्न सफल भएको हो । निरन्तर रुपमा संस्थाले लिएका अठोटहरु पुरा गर्न बिशिष्ठ योगदान पु¥याऊनु हुने संस्थापक अध्यक्ष ज्यू, सञ्चालक ज्यूहरु, सल्लाहकार ज्यूहरु, उप समितिका मित्रहरु, शेयरधनी महानुभाबहरु र कर्मचारी मित्रहरु र अप्रत्यक्ष रुपमा संस्थाको बिकाश र बिस्तारमा सहयोग पुयाऊने सम्पूर्ण समुदाय प्रति कृतज्ञता ब्यक्त गर्दछौं ।

हाम्रो साझेदार